३० बैशाख २०८१, आईतवार | Sun May 12 2024

ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प


२१ चैत, ताइपेइ । ताइवानमा शक्तशाली भूकम्प गएको छ। बुधबार बिहान ताइवानको हुआलियन शहरबाट करिब १८ किलोमिटर दक्षिणतर्फ केन्द्रविन्दु भएर ७.४ म्याग्निच्युडको भूकम्प गएको हाे । ताइवानको सेन्ट्रल वेदर ब्यूरोका अनुसार यो २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प हो।

ताइवानमा भूकम्पबाट केही भवनहरु भत्किएका छन् । तर मानिसहरु कति हताहती भए भन्ने विवरण आउन बाँकी छ । भूकम्पका कारण राजधानी ताइपेइमा समेत विद्युत आपूर्ति अवरूद्ध भएको छ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार १०:४०

https://srdb.com.np/