१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

बागमतीमा एमालेका ४ मन्त्रीले लिए शपथ

२० चैत, काठमाडाैँ। बागमती प्रदेशमा नेकपा एमालेबाट नियुक्त भएका चार जना मन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार एमालेबाट मन्त्री बनेका केशव पाेखरेल,प्रकाश श्रेष्ठ, रामेश्वर श्रेष्ठ र एकालाल श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

प्रकाश श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन, पोखरेलले वन तथा वातावरण, एकालाल श्रेष्ठले खानेपानी, ऊर्जा तथा सिँचाईं र रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

चारजना मध्ये प्रकाश श्रेष्ठ पहिलो पटक मन्त्री बनेका हुन् । भने अन्य तीन जना जम्कट्टेल नेतृत्वको मन्त्री मण्डलमा पहिलो पटक मन्त्री भैसकेका थिए ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार १८:०१