१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

हुवावे कम्पनीको सेवा तथा सामान प्रयोग नगर्न आग्रह

९ मंसिर, काठमाडाैँ । अमेरिकाले आफूसँग सहकार्य गर्दै आएका विश्वका केही मुलुकलाई हुवावे कम्पनीको सेवा तथा सामान प्रयोग नगर्न आग्रह गरेको छ। साइबर सुरक्षाको खतरा देखाउँदै ‘वायरलेस’ तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई अमेरिकासँग सहकार्य गर्दै आएका युरोपेली तथा एशियाली मुलुकहरूलाई चिनियाँ दूरसञ्चार कम्पनी हुवावेद्वारा प्रवाह गरिने सेवा नलिन आग्रह गरिएको अाजको अन्नपूर्ण पोस्टमा समाचार छ।

उक्त कम्पनी कुनै सामग्री पनि प्रयोग नगर्न आग्रह गरेको वाल स्ट्रिट जर्नलमा शुक्रबार उल्लेख छ। हुवावेका सामान बढी प्रयोग हुने जर्मनी, इटाली र जापानजस्ता अमेरिका निकट मानिने राष्ट्रहरूका खासगरी सरकारी अधिकारीहरूलाई लक्षित गरी अभियान चलाइएको उक्त पत्रिकामा उल्लेख छ।

अमेरिकाले चिनियाँ कम्पनीमा निर्मित सामान प्रयोग नगर्ने मुलुकलाई उनीहरूको दूरसञ्चार विकासका लागि थप आर्थिक सहयोग गर्ने पनि उल्लेख छ। विश्वको सबैभन्दा धेरै दूरसञ्चारका सामग्री उत्पादन गर्ने तथा सेवा प्रदानगर्ने मध्ये एक हुवावेमाथि अमेरिका तथा अस्ट्रेलियाजस्ता केही मुलुकमा उक्त कम्पनीको चीनसँगको निकट सम्बन्धका कारण सूक्ष्म अनुसन्धान पनि भइरहेको बताउने गरिएको छ।

प्रकाशित मिति : November 25, 2018 at 8:44 am