२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

बजेट लेखन सुरु, सुझाव पेश गर्न अर्थ मन्त्रालयको आग्रह

१९ चैत, काठमाडौँ। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेको छ । मन्त्रालयले बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भईसकेको जनाउँदै बजेट तथा कार्यक्रमका लागि सुझाव माग गरेको छ ।

मन्त्रालयले विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरुलाई आगामी वैशाख मसान्तभित्र बजेटमा सुझाव पेश गर्न आग्रह गरेको छ ।

सुझावहरु मन्त्रालयको वेबसाइटमा रहेको ‘बजेट सजेसन‘मा गएर वा इमेलमा आगामी वैशाख मसान्तभित्र बुझाउन मन्त्रालयले सबैमा आह्वान गरेको छ । गत शुक्रबार अर्थमन्त्री वर्षमान पुनले सहसचिव धनिराम शर्मा नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरेका थिए। समितिमा सहसचिचवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन्।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार १०:५०