२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

एडिलेड एभरेष्टले जित्यो ग्रेस बियुएफसी कप


एडिलेड । एडिलेडमा जारी दोस्रो ग्रेस बियुएफसी कप फुटवल प्रतियोगितामा एडिलेड एभरेष्ट खुकुरी फुटवल क्लब(एइएफसी) बिजयी भएको छ ।

ब्रदर्श युनाइटेड फुटवल क्लब(बियुएफसी)द्धारा आयोजित आइतवार  सम्पन्न फाईनल खेलमा एइएफसीले एडिलेड ड्रागन फुटवल क्लब (एडिएफसी)ले प्रतिस्पर्धात्मक खेलमा पेनाल्टी सुट आउटमा हराउदै विजेता भएको थियो ।

प्रतियोगितामा म्यान अफ दि टुनामेन्ट एईएफसीका प्रेम चौलागाई भएका थिए । भने उत्कृष्ट गोलकिपर एईएफसीका बिबेक खड्का, उत्कृष्ट डिफेन्डर एईएफसीका अनुराग रामदाम, उत्कृष्ट मिडफिल्डर एडिएफसीका विशाल मगर भएका थिए । फाईनलका म्यान अफ द म्याच एडिएफसीका सुजन रामदाम, सेमिफाईनलका क्रमश लक्ष्मी राई र जगजीत श्रेष्ठ म्यान अफ द म्याच एभएका थिए ।

यसै गरि प्रतियोगितामा सर्वाधिक गोलकर्ता एईएफसीका अदिप मगर भएका छन् । प्रतियोगितामा फेयर प्ले टिम एडिलेड वारियर फुटवल क्लव भएको थियो ।

प्रतियोगितामा भेट्रान्स तर्फको खेलमा एकेएफसीले नेपाली पाठशालालाई ३-२ गोलमा पराजित गरेको थियो । भेट्रान्सको म्यान अफ दी टुनामेन्ट र सर्वाधिक गोलकर्ता  बिक्रम प्रशाई र फाईनल खेलका म्यान अफ द म्याच कपिल पाण्डे भएका थिए ।

विजयी खेलाडी तथा टिमलाई कप मेडल ट्रफी औपचारिक कार्यक्रम विच चर्चित नेपाली कलाकर्मी तथा संचारकर्मी दिनेश डिसी, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक संजय पुरी, प्रतियोगिताको मुख्य प्रायोजक ग्रेस ईन्टरनेशनलका साउथ अष्ट्रेलियाका निर्देशकहरु उज्जवल श्रेष्ठ, मन्जित प्रधानाङ्ग, ईज कन्भिन्सिङ निर्देशक कपिल पाण्डे, वियुएफसीका पुर्व अध्यक्ष विकास महर्जन र माधव गैर्हे, वियुएफसीका अध्यक्ष सन्तोष ढकाल, उपाध्यक्ष उमेश बुढाथोकी लगायत पदाधिकारी बितरण गरेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार १०:५०