२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

आइएमई पे एपबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा शत प्रतिशत क्यास ब्याक र पुरस्कार

१९ चैत, काठमाडौँ ।  डिजिटल वालेट कम्पनी आइएमईपे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरुलाई लक्षित गरेर ‘जेट सेट रिवार्ड’ नामक अफर ल्याएको छ । यो अफरअन्तर्गत आइएमई पे एपमार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा १०० प्रतिशत क्यास ब्याक साथै अन्य पुरस्कारहरू पनि जित्ने मौका पाउनेछन् ।

यहि चैत ६ देखि जेष्ठ मसान्त सम्म तिन महिनाको लागि चल्ने सो अफरका ३ जना भाग्यशाली विजेताको नाम आइएमई पे को सामाजिक सन्जालमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ । यसमा पहिलो भाग्यशाली विजेताले आफ्नो हवाईटिकट खरिद गरेको रकमको १०० प्रतिशत क्यास ब्याक पाउनेछन् । दोस्रो विजेताले द लेकसाइड रिट्रिट पोखराको प्याकेज जित्न सक्नेछन भने तेश्रो विजेताले चन्द्रागिरी हिल्स रिजोर्टको प्याकेजजित्ने मौका पाउनेछन् ।

यसको साथै आइएमई पे मार्फत टिकट खरिदगर्ने ग्राहकहरुले हरेक हवाई टिकटमाउच्चतम रिवार्ड पोइन्ट पनि प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार १०:०१