२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

माओवादी छाडेका मिलन रास्वपाबाट उम्मेदवार बनेपछि बलामीलाई फोनिजको महासचिवको जिम्मेवारी

१८ चैत, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेपछि मिलन लिम्बुलाई कारबाहीको सन्देश दिँदै आदिवासी–जनजाति पत्रकार महासंघ (फोनिज) ले महासचिवमा समिर बलामीलाआदिवासी–जनजाति पत्रकार महासंघ (फोनिज) ले  चयन गरेको छ ।

आइतबार बसेको फोनिजको सचिवालय बैठकले बलामीलाई काम चलाउने गरी महसचिवको जिम्मेवारी तोकेको हो । यसअघि महासचिव रहेका लिम्बु अब सक्रिय राजनीति गर्ने भन्दै इलाम २ को उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुँदैछन । उनी रास्वपाबाट उम्मेदवार हुने गरी निर्णय समेत भैसकेको छ । मिलनले फोनिजबाट राजीनामा समेत नदिइ चुनाव लड्न हिँडेपछि सचिवालय बैठकले कारबाहीकै शैलीमा बलामीलाई महासचिवको जिम्मेवारी तोकेको हो ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आईतवार २१:५७