९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

महालेखा परीक्षकमा तोयम राया सिफारिस

१८ चैत, काठमाडाैँ । महालेखा परीक्षकका लागि तोयम रायाको नाम सिफारिस भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको संवैधानिक परिषदको बैठकले रायालाई महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि खालि रहेको पदमा राय सिफारिस भएका हुन् । महालेखा परीक्षकका लागि रायासहित १५ जनाले आवेदन दिएका थिए ।

प्रकाशित मिति : March 31, 2024 at 11:14 am