बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने
१६ चैत, काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका छन्। गत फागुन २३ गते सरकारमा सहभागी नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही प्रावधानअनुसार जम्मकट्टेलले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरेको माओवादी केन्द्र बागमती प्रदेशका मुख्य सचेतक रत्न ढकालले जानकारी दिए।
प्रकाशित मिति : March 29, 2024 at 2:07 pm









