१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

राष्ट्रियसभा उपाध्यक्षबाट उर्मिला अर्यालले दिइन राजीनामा

१५ चैत, काठमाडौँ । नयाँ सत्ता गठबन्धन बनेर राष्ट्रियसभा अध्यक्षमा नेकपा माओवादी केन्द्रका पूर्व नेता नारायण दाहाल निर्वाचित भएपछि राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । उनले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा बुझाएकी हुन् ।

उनी गत माघ ३ गते राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् । सत्ता गठबन्धनमा अध्यक्ष नेकपा माओवादी केन्द्रबाट दाहाल निर्वाचित भएपछि सहमतिमा उनले राजीनामा दिएकी हुन्। अब नयाँ सत्ता गठबन्धनको पहिलो सहमति कार्यान्वयन भए एमालेबाट उपाध्यक्ष निर्वाचित हुनेछ भने दोस्रो पटकको सार्वजनिक नगरिएको सहमति कार्यान्वयन भए नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष हुनेछन ।

प्रकाशित मिति : March 28, 2024 at 2:57 pm