२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

मैलुङ खोला जलविद्युत कम्पनीको सेयर कारोबार फुकुवा

१२ चैत, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मैलुङ खोला जलविद्युत कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि लाभांशको निर्णय समयमा उपलब्ध नगराएकोले नेप्सेले सेयर कारोबार रोक्का गरेको थियो ।

सेयर कारोबार रोक्का गर्दै नेप्सेले ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्न समेत कम्पनीलाई निर्देशन दिएको थियो । कम्पनीले २०८० चैत ९ गते नेप्से समक्ष नट्समा सूचना अपलोड गर्दा प्राविधिक समस्या आएका कारण समयमा जानकारी गराउन नसकिएको र आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउने प्रतिवद्धता पेस गरेकाले धितोपत्र सूचिकरण विनियमावली, २०७५ पूर्ण पालना गर्न गराउन आगामी दिनमा यस्ता त्रुटी नगर्न सचेत गराउँदै रोक्का रहेको उक्त कम्पनीको धितोपत्र कारोबार चैत १२ गते फुकुवा गरिएको नेप्सेले जानकारी दिएको छ ।

प्रकाशित मिति : March 25, 2024 at 5:19 pm