१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

एमाले सुर्खेतको अध्यक्षमा कुलमणि देवकोटा निर्वाचित

१२ चैत, भेरीगङ्गा (सुर्खेत) । नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव (खुला) मा टिकाराम सोमै निर्वाचित भएका नेकपा (एमाले) सुर्खेतले जनाएको छ ।

यसैगरी महिला (सचिव) मा सुशीला विश्वकर्मा निर्वाचित भएकी छिन् । सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार ११:११