यातायात कार्यालय पाेखराद्वारा राजश्व सङ्कलन
८ मंसिर, पाेखरा । यातायात व्यवस्था कार्यालय (सवारी) पोखराले आर्थिक वर्ष २०७३÷७४को तुलनामा गत आवमा रु ११ करोड ४९ लाख ५२ हजार ७२८ बढी राजश्व सङ्कलन गरेको छ ।
सो कार्यालयले आव ०७३÷०७४ मा रु ७४ करोड ४४ लाख ९० हजार २७२ राजस्व सङ्कलन गरेको थियो भने गत आर्थिक वर्षमा रु ८५ करोड ९४ लाख ४३ हजार राजश्व सङ्कलन गरेपछि सो बराबरको बढी राजश्व सङ्कलन भएको उक्त कार्यालयले जनाएको छ ।
उक्त कार्यालयद्वारा कास्की, स्याङ्जा, लमजुङ, तनहुँ, गोरखा र मनाङ गरी ६ जिल्लाबाट गत आर्थिक वर्षमा सबैभन्दा बढी मोटरसाइकल दर्ता भएका कार्यालयका प्रमुख अच्युतराज रेग्मीले जानकारी गराउनुभयो । सोअन्तर्गत एक लाख ४० हजार ७३ वटा मोटरसाइकल दर्ता भएका छन् ।
यस्तै कार, जिप, भ्यान, पिकअप गरी २४ हजार ५७३, माइक्रोबस तीन हजार ९२९, मिनीबस, मिनी ट्रक चार हजार १७६, बस, ट्रक, कन्टेनर, ट्रेक्टर, टिपर र पावर टेलर गरी ६ हजार ३४, डोजर तथा लोडर, क्रेन, रोलर, ग्रेडर, एक्साभेटर गरी ८२६, दमकल दुई र एम्बुलेन्स ८४ वटा दर्ता भएका छन् ।
प्रकाशित मिति : November 24, 2018 at 2:14 pm









