२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

अभय र प्रकाशको चलचित्र ‘अर्ध पागल’ को फर्स्टलुक पोस्टर सार्वजनिक

९ चैत, काठमाडौँ । अभय राज बराल निर्देशित चलचित्र ‘अर्ध पागल’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। दुइ जना मिल्ने साथीहरु काठमाडौँ देखी लमजुङ्ग घले गाउँ सम्मको यात्रामा निस्कंदै गर्दा उनिहरु बीच आ -आफ्नो प्रेमिकालाई लिएर गरिएको मानसिक र शारीरिक द्वन्दलाई पोस्टरमा झल्काउने प्रयास गरिएको छ।

चलचित्रमा अभय राज बराल र प्रकाश भुजेल मुख्य भूमिकामा रहेका छन्। चलचित्रमा ममता लामिछाने,सोबिता अधिकारी,हिना कोइराला,संगीता राई,दिक्षा ढकाल लगाएतका कलाकारको अभिनय रहेको छ।

यो चलचित्रलाई पूर्ण व्यवसायिक रुपमा सिनेमा घरमा प्रदर्शन गर्ने भन्दा पनि बिभिन्न रास्ट्रीय तथा अन्तररास्ट्रीय फिल्म फेस्टिभलमा सहभागी गराउने उदेश्य रहेको निर्देशक बरालले बताए। समर्पण रेग्मीले छायांकन गरेको चलचित्रका क्रियटिभ निर्देशक सौरभ ढकाल हुन्। चलचित्रमा कृष्ण भण्डारीको सम्पादन रहेको छ।

प्रकाशित मिति : March 22, 2024 at 10:53 am