२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

कालीकोटमा जलेर घाइते बाबु-छोरीको उपचारका क्रममा मृत्यु

८ चैत, मान्म (कालीकोट) । कालीकोटको खाडाँचक्र नगरपालिका–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईँको बुधबार दिउँसो मृत्यु भएको छ ।

यही चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा घाइते भएका चौलागाईँको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालले मृत्यु भएको हो ।

शुक्रबार घरमुनिको वनमा गोठालो गएका बुवालाई दिउँसोको खाजा रोटी पुर्याउन गएकी १२ वर्षीया छोरी हेमन्ती पनि आगोमा जलेर घाइते भएकी थिइन् । घाइते बाबुछोरीलाई शनिबार बेलुकी हेलिकप्टरबाट थप उपचारका लागि सुर्खेत लगिएको थियो ।

छोरी हेमन्तीको सोमबार उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रदेश अस्पताल स्रोतले जनाएको छ । नन्दरामलाई चार दिनदेखि सघन उपचार कक्ष (आइसीयू)मा राखेर उपचार गरिरहेकामा बुधबार दिउँसो मृत्यु भएको अस्पतालका डा केएन पौडेलले जानकारी दिए।

चौलागाईँको आज सुर्खेतस्थित भेरी नदीमा दाहसंस्कार गरिने आफन्त हीरामणि चौलागाईँले बताए । आगलागीमा चौलागाईँका ४५ वटा बाख्रा पनि जलेर मरेका थिए ।

प्रकाशित मिति : March 21, 2024 at 12:00 pm