बुधबार यी कम्पनीको भयो सर्वाधिक सेयर कारोबार
७ चैत, काठमाडौँ । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ३.३४ अंकले घटेर २०६३.९५ को विन्दुमा बन्द भएकाे छ ।
बुधबार सोनापुर मिनरल्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १९ करोड ५२ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको १७ करोड ६० लाख ५७ हजार रुपैयाँ , गाेर्खाज फाइनान्सको ११ करोड ९१ लाख १४ हजार रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको ७ करोड ४० लाख ४९ हजार रुपैयाँ र फस्र्ट माइक्रोफाइनान्स लघुवित्त ७ करोड २७ लाख ३ हजार रुपैयाँको कारोबार भएको छ ।
प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार १५:१७