१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

निसीखोला बस दुर्घटना अपडेटः ७ को मृत्यु, २० जना घाइते

५ चैत, बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो ।

बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : March 18, 2024 at 8:44 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/