२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

सुन तस्करी प्रकरणः पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ धरौटीमा रिहा

५ चैत, काठमाडौँ । सुन तस्करी छानबिनका लागि पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा छुटेका छन् ।

काठमाडौँ जिल्ला अदालतले सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको थियाे । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई रु १५ लाख धरौटीमा छाड्न आदेश दिएको हाे । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गुरुङलाई गत फागुन १४ गते पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार १७:४८