२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा प्रदीपको जोडीमा बेनिषा हमाल

५ चैत,काठमाडौँ। लामो समय देखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा अभिनेता प्रदीप खड्काको जोडीको रुपमा बेनिषा हमाल फाइनल भएकी छन्। टाइटल सार्वजनिक गर्न बाँकी रहेको चलचित्र साइ-फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुनेछ। चलचित्रको कथा निर्देशक शाहीले नै लेखेका हुन्। पछिल्लो समय व्यस्त रहेकी हमाल प्रदीप खड्कासंग पहिलो पटक स्क्रिन शेयर गर्दै छिन्। शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहनेछ।

चलचित्रको कथा निर्देशक शाहीले नै लेखेका हुन्। चलचित्रको अन्य कलाकार तथा प्राविधिक फाइनल हुन बाँकी रहेको कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ ले बताए । गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘अन्तीम संस्कार’ बाट तारीफ बटुल्न सफल निर्देशक शाहीले चलचित्रमा मिथिकल इलेमेन्टहरु पनि रहेको जानकारी दिए।

प्रदीप शाहीको निर्देशनमा बनेको पहिलो फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ ले अमाजोन प्राइममा राम्रो दर्शक पाउन सफल बनेको थियो। नेपाली चलचित्रको बजार नेपालमा मात्र नभई विदेशमा र बिदेशी ओटीटी प्लेटफर्ममा पुर्याउनु पर्छ र नेपालीले पनि बिदेशी लेभलको फिल्म बनाउन सक्छ भन्ने देखाउने सोच रहेको निर्देशक शाहीले बताए।

प्रकाशित मिति : March 18, 2024 at 12:57 pm