२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा

४ चैत, गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन् । फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सोको घोषणा गरेका हुन् । त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आईतवार १३:१९