२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

काठमाडौँ उपत्यका आसपासमा भूकम्पको धक्का

४ चैत, काठमाडौँ । काठमाडौँ उपत्यका आसपासमा भूकम्पको धक्का महशुस गरिएको छ । रसुवा केन्द्रविन्दु भएर गएर भूकम्पको धक्का काठमाडौँ उपत्यका आसपासका जिल्ला र उत्तरी छिमेकी चीनको सीमा क्षेत्रसम्म महशुष गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीका अनुसार आइतबार बिहान ९ बजेर ४४ मिनेट जाँदा रसुवाको जुरेढुंगा केन्द्रविन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प गएको हो । पछिल्लो दिनमा ४ म्याग्निच्यूडको भूकम्प नियमित जस्तै बनेको छ । सुदुरपश्चिम प्रदेश, गण्डकी र बागमती प्रदेशका विभिन्न जिल्लालाइ केन्द्रविन्दु बनाएर भूकम्प गइरहेको छ ।

 

प्रकाशित मिति : ४ चैत्र २०८०, आईतवार १०:२०