२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

आगलागीमा परी भोजपु्रमा तीन बालबालिकाको मृत्यु

३ चैत, भोजपुर । भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले आगलागीमा परी एक बालिका, दुई बालकको मृत्यु भएको जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको जानकारी आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार २१:१६