१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

चक्रपथको सर्भिस ट्रयाक निर्माणमा भएको ढिलासुस्तीबारे शिशिरले गराए सरकारको ध्यानाकर्षण

१ चैत, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले चक्रपथको सर्भिस ट्रयाक निर्माणमा भएको ढिलासुस्तीबारे सरकारको ध्यानाकर्षण गराएका छन । उनले चक्रपथकाे सर्भिस ट्रयाक निर्माणमा भएकाे ढिलासुस्ती ले सार्है गार्हो परेको बताएका छन ।

संसद मार्फत सरकारको ध्यानाकर्षण गराउँदै शिशिरले भनेका छन, ‘गत वर्ष देखि नै मैले संसदमा सामाखुशी, गोंगबु क्षेत्रका व्यवसायी, स्थानीय बासिन्दा र देशैभरीबाट काठमाडौमा पाहिलो पाईला टेक्ने १०औ हजार नागरिकले भोगिरहेको-हिउँदमा धुलो र वर्षाको हिलोको पीडाको आवाज उठाएको छु । साथै पटक पटक रिंंङरोड परियोजना पुगेको छु, सडक विभाग सँग समस्था समाधान को छलफल पनि गरेको छु। अब चाँडै सकिन्छ भनेर सुनेको पनि १ वर्ष हुन लाग्यो । स्थानीयको रोष जनप्रतिनिधि माथि । सडक विभागको दावा ठेकेदारले गर्नुपर्ने। ठेकेदार भन्छन, “मलाई सरकारले पैसा दिएन। घरै बेचेर बनाउन खोज्दा पनि नसकिन्ने भएँ , म के गरम त ? आजित भएर , “यो सडकको जिम्मा हाम्रो हैन भनेर काठमाडौको मेयर साबले त बोर्ड नै राख्नु भएको छ।” सरकारलाई साह्रै गर्हो परेको भए, महानगर सँग सापटी लिने कि ?’

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार १४:३१