१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

गुठी विधेयक ल्याउन सांसद सुब्बाको माग

१ चैत, काठमाडाैँ । नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले तत्काल गुठी विधेयक ल्याउन माग गरेकी छिन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसद सुब्बाले ६८ जिल्लाको २ हजार ३ सय ३५ राज गुठी, ७३ हजार ५ सय १२ हेक्टर जग्गा र यहीँ हाराहारीमा रहेको छुट गुठीको व्यबस्थापनका लागि गुठी विधेयकको माध्यमबाटै समाधान गर्नुपर्ने अवस्था रहेको बताइन ।

साथै सांसद सुब्बाले स्वर्गद्वारी गुठीको जग्गा पीडित दाङका किसानहरु २३ दिनदेखि धर्नामा रहेकाले वार्ताको माध्यमबाट तत्काल सम्बोधन गर्न समेत सरकारको ध्यानाकर्षण गराइन । बिहीबारको बैठकमा धेरै सांसदले शून्य समयमा नागरिको आवज बुलन्द गराएका छन ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार १२:११