१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

राष्ट्रिय सभा अन्तर्गतका समितिका सभापतिको निर्वाचन मिति तोकियो

३० फागुन, काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतका संसदीय समितिका सभापतिहरूको निर्वाचन मिति तोकिएको छ । बुधबार बसेको राष्ट्रिय सभाको बैठकले मातहतका चार समिति सभापतिहरूको निर्वाचन मिति ताेकेकाे हाे ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचनका लागि मिति २०८० चैत ४ गतेको मिति तोकेको जानकारी गराए । उनले समिति सभापतिहरूको निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्याललाई निर्देशन दिएका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार १८:१८