प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत
३० फागुन, काठमाडौँ . प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम पेश गरेको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दै मतविभाजनको प्रक्रिया अघि बढाएका हुन्। निर्णयार्थ प्रस्तुत गर्नु अघि उनले प्रक्रियाबारे जानकारी गराएका थिए ।
प्रकाशित मिति : March 13, 2024 at 3:36 pm









