२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

उपप्रधानमन्त्री श्रेष्ठसँग स्वीस राजदूत मेउलीको भेट

२९ फागुन, काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डेनिएल मेउलीले शिष्टाचार भेटवार्ता गरेकी छिन् ।

मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषय र सहयोग विस्तार सम्बन्धमा छलफल भएको मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । भेटमा राजदूत गोडेरले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार १७:५६