५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

नेप्सेमा १३ लाख ५३ हजार कित्ता बोनस सेयर सूचीकृत

२९ फागुन, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा एक बैंककाे बोनस सेयर  सूचीकृत भएको छ । नेप्सेमा लुम्बिनी विकास बैंकको ४ प्रतिशत बोनस बापतकाे १३ लाख ५३ हजार १२८.५१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बैंकले गत आवका लागि ४ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश गरी कुल ८.५ प्रतिशत लाभांश प्रदान गरेको थियो । सोहि बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार १३:५२