१७ आश्विन २०८१, बिहीबार | Fri Oct 4 2024

शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत

२९ फागुन, काठमाडौं । राष्ट्रियसभाको अध्यक्ष पदमा उम्मेदवार रहेका नेपाली काँग्रेसका सांसद युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट अस्वीकृत भएको छ ।

उक्त प्रस्तावमा भएको मतदानमा शर्माको पक्षमा १७ र विपक्षमा ३९ मत प्राप्त भएको बैठकको अध्यक्षता गरिरहेकी सभाका उपाध्यक्ष उर्मीला अर्यालले जानकारी गराइन् । सो प्रस्तावमा ५६ सदस्यले मतदान गरेका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार १३:१७