५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित


२७ फागुन, काठमाडौं ।  हङकङमा भएको त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा हङकङले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो ।
तर पहिलो पारीको आठौँ ओभरमा चलिरहँदा पानी परेपछि खेल रोकिएको हो । हङकङले आठ ओभरमा दुई विकेट गुमाउँदै ६५ रन बनाएको थियो । त्यसअघि पाँच ओभर पूरा हुँदा पनि वर्षाका कारण खेल प्रभावित भएको थियो । हङकङका लागि अंशुमन रथले ३६ र बाबर हायत तीन रन बनाएका थिए । हङकङका लागि निजाकान्त खानले २५ रन बनाए ।
नेपालका लागि करण केसी र गुल्सन झाले समान एक/एक विकेट लिए  । शनिबार भएको नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेलमा नेपाल ७३ रनले पराजित भएको थियो । अब नेपालले यहि फागुन २९ गते पपुवा न्यूगिनसँग प्रतिष्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आईतवार १४:५६