३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

इलाम उपनिर्वाचनः सुहाङ नेम्वाङसहित एमालेका चार जनाले दिए निवेदन

२७ फागुन, काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका आकांक्षीहरूले पार्टी कमिटीमा निवेदन दिन सुरु गरेका छन्। इलामबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको गत भदौ २६ मा निधन भएपछि सो पद रिक्त छ।

साे क्षेत्रमा आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्न सुहाङ नेम्वाङले निवेदन दिएका छन् । सुहाङ सुवास नेम्वाङका छाेरा हुन् । एमालेको इलाम जिल्ला कमिटीले जिल्लाका पार्टी कमिटी उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कार्यदल गठन भएको थियो।

संयोजक राईका अनुसार, अहिलेसम्म उम्मेदवार बन्न सुहाङसहित चार जनाले निवेदन दिएका छन् । सुहाङसहित रविन्द्र सुवेदी, बुद्धि खनाल र देवी क्षेत्री दुलालले निवेदन पेस गरिसकेका छन्।

प्रकाशित मिति : March 10, 2024 at 1:28 pm