१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि हातपात

२७ फागुन, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यकक्षबाहिर नेता ठाकुरमोहन श्रेष्ठमाथि हातपात भएको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक हलबाट बाहिर निस्कँदै गर्दा श्रेष्ठमाथि आइतबार बिहान आक्रमण भएको  हो।

कार्यसम्पादन समिति बैठकमा नेता श्रेष्ठले भ्रष्टाचारका विषयका कुरा राखेका थिए। त्यसबेला नेता विक्रम पाण्डेसँग भनाभन भएको थियो। त्यसपछि आक्रोशित हुँदै पाण्डे बैठकस्थलबाट बाहिरिएका थिए । त्यसलगत्तै श्रेष्ठमाथि आक्रमण भएको हो । बैठकपछि पाण्डेनिकटले श्रेष्ठमाथि हातपात गरेको आरोप लागेको छ।

प्रकाशित मिति : March 10, 2024 at 1:05 pm