१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला

२६ फागुन, काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ । सभापति शेरबहादुर देउवाले शनिबार राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टीका पूर्वमहामन्त्री एवं राष्ट्रियसभा सदस्य सिटौलालाई मनोनयन गरेका हुन ।

सभापति देउवाले सिटाैलालाई कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रियसभा संसदीय दलको नेता पदमा मनोनयन गरेको कांग्रेसको संसदीय दलको नेताका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।

प्रकाशित मिति : March 9, 2024 at 8:25 pm