१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एमालेले बोलायो महाधिवेशन प्रतिनिधि परिषद बैठक


२५ फागुन, काठमाडौँ। नेकपा (एमाले) ले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको छ । आज पार्टी कार्यालय च्यासलमा बसेको २९ औं सचिवालय बैठकले पार्टी स्थापना दिवसको पूर्वसन्ध्यामा महाधिवेशन प्रतिनिधि परिषद बैठक बोलाएको हो।

आगामी वैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको महासचिव शंकर पोखरेलले जानकारी दिए । साथै, वैशाख १० गते पार्टी स्थापना दिवसको अवसरमा विशेष समारोह आयोजना गरिने पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार १२:०९