१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

२५ फागुन, काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा बैठक जारी रहेको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा साथै सरकारमा अबको कामकारबाहीको कार्ययोजना मुख्य एजेण्डा रहेको एमालेले जनाएको छ ।

बैठकमा पछिल्लो गठबन्धन, सरकारमा सहभागितासहितका विभिन्न जिम्मेवारी तथा यसअघि केन्द्रीय कमिटी बैठकमा प्रवेश भएका विषयमा छलफल भइरहेको उपमहासचिव प्रदीप ज्ञवालीले जनाए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार १०:५४