जनतामा उत्साह जगाउने काम गर्न मुख्यमन्त्री राईको निर्देशन
६ मंसिर,विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनतामाउत्साहजगाउने गरी काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशनदिनुभएको छ । बुधबार मुख्यमन्त्रीतथामन्त्रिपरिषद्को कार्यालयमाभएको मन्त्रालयगतप्रगति समिक्षाकार्यक्रममामुख्यमन्त्री राईले यस्तो निर्देशनदिनुभएको हो ।
जनतामा निराशा छाउँदै गएको, सरकारले परिणाम देखाउने गरी काम गर्न सकेन जस्ता कुराहरु बाहिर आउनथालेका छन्, जनताको आशालाई मर्न दिनु हुँदैन, मुख्यमन्त्री राईले भन्नुभयो, जनतामाउत्साह र विश्वास हामीले जगाउन सक्नुपर्छ । जनताको आवश्यकता रचाहनालाई हेक्का राखेर काम गर्न मुख्यमन्त्री राईले मन्त्रीतथा सचिवहरुलाई निर्देशनदिनुभएको हो ।
मुख्यमन्त्री राईले प्रदेश सरकारको बजेट कार्यान्वयनगर्न आवश्यक पर्ने सबै संयन्त्र १५ दिनभित्रतयार गर्न समेत निर्देशनदिनुभएको छ । प्रदेशमातहत संरचनाहरु आएका छन्, बनेका छन्, हामीकाम गर्ने विन्दुमाप्रवेश गरेका छौं, मुख्यमन्त्री राईले भन्नुभयो, यो १५ दिनभित्रआवश्यक पर्ने सबै संयन्त्रहरु तयार गरेर अगाडि बढ्नुहोस् । यो आर्थिक वर्षको चार महिना सकिएको छ, मुख्यमन्त्री राईले भन्नुभयो, अब बाँकी रहेको समय अलिकतिपनि खेर नफालौं, कर्मचारी, कार्यालय, कार्यविधि, निर्देशिका सबै तयार पारेर बजेट कार्यान्वयन गर्नुपर्छ ।
प्रदेश १ सरकारको नीतिकार्यक्रमतथा बजेट राम्रो रहेको भन्दै उहाँले यसको कार्यान्वयमाविशेष ध्यानदिन सबैलाई निर्देशनदिनुभएको हो ।
बजेट कार्यान्वयनमा अनेक बाहानबाजी देखाएर कसैले पनि छुट नपाउँने भन्दै मुख्यमन्त्री राईले कर्मचारी भएनन्, समय पुगेन भनेर कसैले भन्नमिल्दैन् । कामगर्न के ले समस्याभएको छ, सचिवले विभागियमन्त्रीलाई भन्नुपर्याे मन्त्रीले मलाई भन्नुपर्याे, मन्त्रिपरिषदबाट भएपनिकाम गर्ने वातावरण बन्छ ।
कसैले पनिहिनताबोधको भाव प्रकट नगरी दृढ इच्छाशक्ति, जोश र जाँगरका साथकाम गर्न मुख्यमन्त्री राईले निर्देशनदिनुभएको हो । प्रगति समिक्षामामन्त्रालयगत सबै सचिवहरुले कामको प्रगतिविवरण प्रस्तुत गर्नुभएको थियो ।
प्रकाशित मिति : ६ मंसिर २०७५, बिहीबार २१:३४












