२७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026

सहकारी ठगी प्रकरणमा फरार जिबी राई पक्राउ ∗

२४ फागुन, काठमाडौँ । सहकारी ठगीमा फरार रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका पार्टनर जिबी राई अर्थात गितेन्द्रबाबु राई पक्राउ परेको भनेर कान्तिपुर टेलिभिजनले ब्रेक गरेको भए पनि नेपाल प्रहरीले उनको पक्राउको पुष्टि गरेको छैन । कान्तिपुर टेलिभिजनले जिबी राई सिंगापुरबाट पक्राउ गरेको भन्दै न्युज ब्रेक गरेको थियो । दैनिकीले पनि कान्तिपुर टेलिभिजनकै सूचनालाई अाधार मानेर समाचार लेखेको थियो ।

उपप्रधानमन्त्री रविले जिबीलाई विदेशमा लुकाएको आरोप लागेको थियो । सोही आरोपका बीचमा रवि गृहमन्त्री भएको २४ घण्टा पुरा नहुँदै जिबी पक्राउ परेको सूचना चुहिएको थियो । जिबी मलेसिया र सिंगापुरम लुकेर बसेको हल्ला चलेको थियो । रवि र जिबिले मिलेर सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनका लागि उनीहरूले सहकारीका सदस्यहरू माथि ठगी गरेका थिए।

(∗यसअघि प्रकाशित समाचारले पाठकमा परेको नकारात्मक प्रभावका लागि क्षमायाचनासहित भुलसुधार गरिएको छ । -सम्पादक)

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार ०८:४८