५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

९.३३ अंकले बढ्यो नेप्से, एक कम्पनीको सेयरमा सकारात्मक सर्किट

२३ फागुन, काठमाडौँ । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजार बढेर बन्द भएको छ । बुधबार नेप्से परिसूचक ९.३३ अंकले बढेर २०१७.०३ विन्दुमा पुगेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन मंगलबार ४ अर्बभन्दा बढीको सेयर कारोबार भएको बजारमा यस दिन ३ अर्ब ४५ करोड ८ लाख रुपैयाँ बराबरको ९१ लाख ३८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन डोल्टी पावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बुधबार मोलुङ्ग हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक घटेको छ । यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १५:२३