१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

सरकारमा एमालेको नेतृत्व रघुवीर महासेठले गर्ने, मन्त्रीमा सिफारिस भएकाहरू यी हुन

२३ फागुन, काठमाडाैं । नेकपा एमालेले १ राज्यमन्त्रीसहित ८ मन्त्रालय पाउने  भएकाे छ । पार्टीसचिव समेत रहेका रघुवीर महासेठले सरकारको नेतृत्व गर्ने पक्का भएकाे छ । बुधबार बसेकाे ४ दलीय गठबन्धनको बैठकले मन्त्रालयकाे बाँडफाँट गरेकाे हाे ।

एमालेबाट एक राज्यमन्त्रीसहित ८ मन्त्री बन्ने भएका छन् । जसमध्ये पदम गिरी मन्त्री भइसकेका छन् भने बाँकी ८ जनामध्ये महासेठसहितको नाम टुंगिएको छ । जसमा एमालेबाट भगवती चाैधरी, हरि उप्रेती, ज्वालाकुमारी शाह, राजेन्द्रकुमार राइ, दामोदर भण्डारी र बलराम अधिकारीले सहभागिता जनाउनेछन ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १४:३५