३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

माओवादीले फिर्ता लियो सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

२३ फागुन, काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज बिहान संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले कांग्रेस नेतृत्वको सरकारलाई लिएको समर्थन फिर्ता लिने निर्णय गरेको हाे ।

मुख्यमन्त्री कमलबहादुर शाहीले माओवादीका तीन जना मन्त्रीलाई मंगलबार पदबाट बर्खास्त गरेका थिए। मुख्यमन्त्री शाहले माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त गरेको थियो ।

प्रकाशित मिति : March 6, 2024 at 12:40 pm