१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

माधव नेपालको पछिल्लो स्वास्थ्य जान्न कांग्रेस सभापति देउवा कोटेश्वरमा


२३ फागुन, काठमाडौं । बिरामी बनेर घरमै बसिरहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाल निवास कोटेश्वर पुगेका छन् । देउवा माधव नेपालको स्वास्थ्य अवस्थासँगै पार्टीको राजनीतिक अवस्थाका बारेमा जानकारी लिन त्यहाँ पुगेका हुन ।

देउवाको साथमा कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक पनि रहेका छन । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एकीकृत समाजवादीसहितको गठबन्धन तोडेर नेकपा एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनीहरूको बीचमा यसको पनि समिक्षा हुने बुझिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १०:२१