१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

नामै लिँदा मुख कुल्ला गर्नुपर्ने बताउने केपी ओली मास्क लगाएर माधव नेपालको निवासमा

२२ फागुन, काठमाडौँ । कुनै समय सार्वजनिक मञ्चबाटै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम मात्रै लिनु पर्दा पनि मुख नै कुल्ला गर्नुपर्छ भनेर बताउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मास्क लगाएर मंगलबार नेपाल निवास कोटेश्वर पुगेका छन । मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित ओली नेपाल निवास कोटेश्वर पुगेका हुन ।

सोमबार नयाँ सत्ता समिकरण घोषणमा कुनै भूमिका नपाएपछि बिरामी परेर प्रधानमन्त्री प्रचण्डलाई निवासमै बोलाएर भेटेका नेपालले मंगलबार प्रचण्ड र ओलीसहितका नेता भेट गरेका हुन । उनीहरूको भेट अहिले पनि जारी छ । नयाँ सत्ता समिकरणसँगै वामपन्थी ध्रुवीकरण गर्ने घोषणा गरेका उनीहरू हँसिया हथौडासहितको झण्डा भएका पार्टीहरूसँग सहकार्य गर्न संवादमा छन । अहिलेको भेटमा प्रचण्ड र ओलीसहित एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पनि सहभागी भएका छन ।

ओलीले नेपालसँग यसअघि राष्ट्रपति पदमा सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै नेपाललाई पत्र लेखेका थिए । निवासमै गएर भेटेको चाहिँ यो पहिलो पटक हो । सोमबार नै एमाले अध्यक्ष ओलीले पनि नेपाललाई फोन गरेर स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए। अध्यक्ष नेपाल केही दिनदेखि बिरामी भएर कोटेश्वरमै आराम गरिरहेका छन्।

प्रकाशित मिति : March 5, 2024 at 7:15 pm