१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

सरकारलाई दिएको समर्थन फिर्ता लिने कांग्रेसको निर्णय

२२ फागुन, काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले बताए ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै गुरुङले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएकाे बताए । प्रधानमन्त्री प्रचण्डले सोमबार कांग्रेससँगको सहकार्य तोडेर नेकपा एमालेसँग सहकार्यको सहमति गरेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार १७:५३