१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एमाले प्रमुख सचेतकमा महेश बर्तौला, सचेतकमा सुनिता बराल


२२ फागुन, काठमाडौँ । नेकपा (एमाले) को प्रमुख सचेतकमा  महेश बर्तौला मनोनित भएका छन् । एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौला प्रमुख सचेतक बनेका हुन्।

एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतक मनोनित गरेका हुन् । त्यस्तै सचेतकमा सुनिता बराल मनोनित भएकी छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार १५:४९