मंगलबार सोनापुरसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता
२२ फागुन, काठमाडौँ । अर्थमन्त्रीमा विष्णु पौडेल नआउने हल्लाले मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो कारोबारको दिन सोमबार अर्थमन्त्रीमा पौडेल आउने अपेक्षाले नेप्से परिसूचक ६ प्रतिशतले बढेर तेस्रो सर्किट ब्रेक लागेपछि कारोबार बन्द भएकाे थियाे ।
मंगलबार नेप्से परिसूचक ७०.३१ अंकले घटेर २००७.६९ विन्दुमा बन्द भएकाे छ । यस दिन ४ अर्ब ११ करोड ३६ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ६७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। मंगलबार सोनापुर मिनरल्सको सेयर सबैभन्दा बढी कारोबार भएको छ । आज कम्पनीको ४१ करोड ९१ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टको २४ करोड ६५ लाख ४ हजार रुपैयाँ, घोराही सिमेन्ट इन्डस्ट्रीको १४ करोड ३१ लाख ७० हजार रुपैयाँ, जोशी हाइड्रोपावरको १३ करोड १९ लाख ३० हजार रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको १२ करोड ८१ लाख ८४ हजार रुपैयाँको कारोबार भएको हो ।
प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार १५:२७