१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सुदूरपश्चिममा मुख्यमन्त्रीले गरे माओवादीका ३ मन्त्री बर्खास्त


२२ फागुन, काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।

केन्द्रमा बनेको नयाँ गठबन्धन पछि प्रदेशका माओवादीका दुई मन्त्री र एक राज्यमन्त्रीलाई मुख्यमन्त्री शाहले हटाएका हुन् । मुख्यमन्त्री शाह नेपाली कांग्रेसका हुन् । बर्खास्त हुनेमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माल रहेका छन् । यसअघि आजै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि माओवादीका दुई मन्त्रीलाई पदबाट बर्खास्त गरेका थिए।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार १३:४९