२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

प्रि ओपन सेसनमा करिब १७ अंकले बढ्यो नेप्से

२२ फागुन, काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १७ अंकले बढेको छ। अघिल्लो कारोबार दिन सोमबार ११७.७० अंकले बढेर २०७८.०० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १६.७० अंकले बढेर २०९४.७१ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा १६९ स्टकको ४ करोड ५ लाख ९३ हजार ५७९ रुपैयाँ ७० पैसा बराबरको १ लाख ७ हजार २२५ कित्ता शेयर कारोबार भएको छ।

प्रकाशित मिति : March 5, 2024 at 10:58 am