२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

मोरङमा सशस्त्र प्रहरी बलका डीएसपी मृत भेटिए

२१ फागुन,काठमाडौँ । मोरङमा सशस्त्र प्रहरी बलका डिएसपी उपेन्द्र बस्याल मृत भेटिएका छन् । धनपालथान गाउँपालिका-३ स्थित प्रस्‍तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म सोराभागमा कार्यरत डिएसपी बस्याल मृत भेटिएकाे मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए ।

कार्यालय परिसरमा रहेको क्वार्टरमा झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको कार्कीले जनाए । बस्यालको मृत्युको कारण भने खुलेको छैन ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार १६:५२