१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

सीट बाँडफाँड र मन्त्रालयको टुंगो लगाउन ४ सदस्यीय कार्यदल गठन

२१ फागुन, काठमाडौं । सीट बाँडफाँड र मन्त्रालयको टुंगो लगाउन नयाँ गठबन्धनभित्र ४ सदस्यीय कार्यदल बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित बालुवाटारमा बसेको बैठकले  कार्यदल बनाएको हो।

कार्यदलमा एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव रहेका छन् । चार सदस्यीय कार्यदलले नयाँ गठबन्धनमा आन्तरिक छलफल गरेर शक्ति बाँडफाँडको समेत टुंगो लगाउने छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार १५:२५