१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

गृह मन्त्रालय एमालेको भागमा

२१ फागुन, काठमाडौँ । सत्ता गठबन्धन दलहरूको बीचमा भएको सहमति अनुसार गृह मन्त्रालय नेकपा एमालेको भागमा परेको छ । माओवादी केन्द्रले अर्थ मन्त्रालय लिने भएपछि गृह एमालेको भागमा परेको हो । एमालेले गृह मन्त्रालय प्राप्त गरेको भए पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेतालाई उपप्रधानसहित गृह मन्त्रालयको नेतृत्व दिएर पठाउँछन वा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेका लागि गृह मन्त्रालय छाडिदिन्छन त्यो भने हेर्न बाँकी छ ।

शक्ति बाँडफाँडमा भएको सहमतिको लिखित दस्तावेजमा अहिले तीन बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । गृह नपाउँदा रवि स्वयंले भने सरकारमा सहभागी नहुने संकेत गरेका छन । उनले आफ्नो पार्टीका तर्फबाट डिपी अर्याललाई मन्त्रीमा नियुक्ति गर्न सिफारिस गरिसकेका छन । एमालेले विष्णु पौडेल वा पृथ्वी सुब्बा गुरूङ मध्ये एकको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय लिनेछ ।

प्रकाशित मिति : March 4, 2024 at 2:02 pm